पूर्वसभामुख महराको थुनछेक बहस आज
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसपछि उनी धरौटीमा छुट्ने कि थुनामै रहने भन्ने आदेश आउनेछ ।
सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता दर्ता गरेको थियो । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ ।
उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ । २०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनिया राहदानीबाहक ली हान सोङले ल्याएका दुई सुटकेसमा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।
सीआईबीले महरालाई २०८० चैत ५ मा पनि पक्राउ गरेको थियो । त्यसबेला बयान प्रक्रिया पूरा गरेर उनी हाजिर जमानीमा रिहा भएका थिए । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नेतृत्व परिवर्तन भएसँगै महरा १८ महिनापछि पुन पक्राउ परेका हुन् ।

.gif)