sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक बस्दै

२६ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज पनि बस्ने भएको छ । पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्ष नेता सम्मिलित कार्य सम्पादन समितिको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । 

आज केन्द्रीय समिति बैठक सुरु हुने भनिए पनि कार्यसम्पादन समितिका सदस्यहरुले बोल्न बाँकी रहेकाले केन्द्रीय समिति २ दिनलाई पछि धकेलिएको छ । कांग्रेसमा पार्टीको नियमित महाधिवेशन वा विशेष महाधिवेशन जस्ता विषयले नेताहरु विभाजित बनेका छन् । 

सभापति शेरबहादुर देउवा पक्षका नेताहरु महाधिवेशनको चर्चा नै आवश्यक नभएको भन्दै यी विषय पन्छाउने प्रयासमा छन् भने इतर पक्ष नियमित वा विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्ने अडानमा छन् । जसका कारण चार दिनदेखि जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सहमति जुट्न सकेको छैन । 

कार्य सम्पादन समितिको बैठकमा सहमति जुटेका एजेण्डामा पर्सि सुरु हुने केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्