एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान ११ बजे बस्ने छ ।
शुक्रबार सुरु भएको सचिवालय बैठक शनिबार पनि बस्ने भनिएकोमा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण स्थगित गरी आजको लागि सारिएको हो । शुक्रबारको बैठकमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समीक्षा, पार्टीको महाधिवेशनलगायत विषयमा छलफल भएको थियो ।
बैठकमा सचिवालय सदस्यहरूले बोल्ने क्रम आज पनि जारी रहने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।

.gif)