sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

मेची राजमार्ग भोलिसम्म अस्थायी रूपमा खुल्छ : मन्त्री घिसिङ

२५ असोज २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले मेची राजमार्ग भोलिसम्म अस्थायी रूपमा खुलाउने बताएका छन् । शनिबार इलामको बाढी–पहिरोले क्षतिग्रस्त स्थानको स्थलगत निरीक्षणमा पुगेका मन्त्री घिसिङले भोलिसम्म उक्त राजमार्ग खोल्ने आश्वासन दिएका हुन् । 

यस्तै उनले मेची राजमार्गको विकल्प सडक निर्माणका लागि अध्ययन गरिनेसमेत बताएका छन् । उनले भने, ‘मेची राजमार्गको विकल्पमा अध्ययन गरेर सडक निर्माण गछौँ । इलाममा ठुलो विपद् आइपरेको छ । सरकारको तर्फबाट राहत वितरण र पुनर्निर्माणलाई प्राथमिकता दिएका छौँ ।'

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्