sevenstartv.com २७ मंसिर २०८२, शनिवार

चितवनमा औलो रोगको सङ्क्रमण

७ असोज २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिका र एक जना राप्ती नगरपालिकाका छन् ।

सङ्क्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका रहेका छन् । विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको सङ्क्रमण देखिएको हो ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्