मन्त्रिपरिषद्को बैठक बस्दै, छानबिन आयोग बन्न सक्ने
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार आजको बैठकले जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनबारे छलफल गर्ने तयारी छ ।
अहिलेसम्म मन्त्रिपरिषद्मा चार सदस्य मात्र छन् । हाल मन्त्रिपरिषद्मा प्रधानमन्त्री कार्की तथा रामेश्वर खनाल अर्थ , कुलमान घिसिङ सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात तथा ओमप्रकाश अर्याल गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहका क्रममा सरकारले दमन गर्दा ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । अझै कैयौँ घाइते अस्पतालमा छन् ।
आन्दोनका क्रममा भएका तोडफोड र आगजनीले सार्वजनिक तथा निजी गरी अर्बौँको सम्पत्ति क्षति भएको छ ।

.gif)