sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

महावीर पुन पनि मन्त्री बन्ने

५ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । वर्तमान गैरदलीय मन्त्रिपरिषद्मा आविष्कारक महावीर पुन पनि मन्त्री बन्ने भएका छन् । जेनजी बिद्रोहपछि बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा  पुन पनि रहने भएका हुन् । प्रधानमन्त्री कार्कीसँगको लामो छलफलपछि पुन मन्त्री बन्न तयार भएको बताइएको छ । 

पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको हो । तर अहिले शिक्षा पनि विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छ । शिक्षा मन्त्रालयको समेत जिम्मेवारी दिने कि विज्ञान तथा प्रविधिको मात्र जिम्मा दिने भन्ने प्रस्ट भइसकेको छैन ।

पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्