sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

संविधान बनाउने समयमा विचार गरेको भए अहिले जेनजी आन्दोलन हुने थिएनः प्रचण्ड

३ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बनाउने समयमा विचार पुर्‍याएको भए अहिलेको जेनजी आन्दोलन नहुने बताएका छन् । आफूहरूले भनेजस्तो प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरिएको भए जेनजी आन्दोलन नै नहुने अध्यक्ष प्रचण्डको दाबी छ । 

संविधान दिवसका अवसरमा शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान बनाउने बेला आफूहरूले भनेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नगर्दा अहिले यो अवस्था आएको जिकिर गरेका हुन् । 

‘राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनकै हो । बहस भयो । सहमति भएन । त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो, जेनजीले आन्दोलन गर्नु पर्थेन । यति ठूलो क्षति हुने थिएन ।’

प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानका विषय ठिक थिए भन्ने कुरा जेनजी आन्दोलनले पुष्टि गरेको दाबी पनि प्रचण्डले गरे । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्