sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

संवैधानिक दायित्व पूरा गर्न राष्ट्रिय सभा क्रियाशील रहन्छ : अध्यक्ष दाहाल

३ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा संसद्को जिम्मेवारी र संवैधानिक दायित्व पूरा गर्न राष्ट्रिय सभा सदैव क्रियाशील रहने बताएका छन् । उनले आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र त्यसको पूर्ण पालनामा लाग्न सबैलाई आग्रह गरेका हुन् । 

अध्यक्ष दाहालले जेनजी पुस्ताको आन्दोलनले ल्याएको परिवर्तनसँगै सबै पक्षका बीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने र देशलाई फेरि जननिर्वाचित प्रतिनिधिहरूकै नेतृत्वमा संविधानको रक्षा गर्ने चुनौती रहेको पनि बताएका छन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्