sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि संविधान हाे : सभापति देउवा

३ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरूप संविधानसभाबाट संविधान जारी भएको बताएका छन् । 

संविधान दिवसका अवसरमा आज जारी गरेको सन्देशमा उनले संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको बताए । 

संविधान जारी भएको एक दशक पूरा भएको यो ऐतिहासिक दिनलाई सबैले गौरवसाथ स्मरण गर्दै हरेक नागरिकले आफू स्वतन्त्र र समान भएको महशुस गर्दै प्रत्येक वर्ष हर्षोल्लासका साथ संविधान दिवस मनाउँदै आएको उनको सन्देशमा उल्लेख छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्