sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

राष्ट्रियसभाका अध्यक्ष दाहालले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भेटेर दिए बधाई

३१ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् । 

भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो । भेटमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातिर लैजान राष्ट्रियसभाको महत्त्वपूर्ण भूमिका हुने बताएकी छिन् । उनले वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएको राष्ट्रियसभा अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्