sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

जनमत पार्टीबाट सचिव बीपी साह निलम्बन

३० भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव बिशेश्वर प्रसाद (बीपी) साहलाई निलम्बन गरेको छ । उनीविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान पूरा नभएसम्म पार्टीको सचिव पद तथा साधारण सदस्यबाट पनि निलम्बन गरिएको हो । 

केन्द्रीय अनुशासन समितिले सोमबार जारी गरेको पत्रमा २०८१ चैत्र ३१ गते साहविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भए गत भदौ ५ गते जिल्ला प्रहरी कार्यालय धनुषाले त्यस सम्बन्धमा सूचना जारी गरेको उल्लेख गरिएको छ ।

उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले साहलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्