निवर्तमान प्र.म ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले निवर्तमान प्रधानमन्त्रीओलीविरुद्ध महानगरीय प्रहरीवित्त नयाँ बानेश्वर काठमाडौंमा मुद्दा दायर गरेका हुन् ।
नेता शाहले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जाहेरीपत्र बुझाएका छन् । प्रजिअ तामाङले जाहेरी पत्र आफूले सम्बन्धित निकायमा पुर्याउने बताएका छन् ।
निवर्तमान प्रधानमन्त्री ओलीको आदेशले नै सुरक्षाकर्मीले गोली चलाउँदा थुप्रै मान्छेको ज्यान गएको आरोप लगाउँदै उनले प्रधानमन्त्री ओलीविरुद्ध जाहेरी दिएकाे जानकारी गराएका छन् ।

.gif)