sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

अराजकताविरुद्ध उभिन पाँच युवा संगठनको आव्हान

२६ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । देशलाई नाटकीय तरिकाले अराजकताको भड्खालोमा हाल्न खोजिएपछि परिवर्तनका लागि भूमिका खेलेका विभिन्न पाँच दलका युवा संगठनले त्यस्तो हर्कतको प्रतिवाद गर्न अपिल गरेका छन् । नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, वाइसिएल नेपालका अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीले संयुक्त विज्ञप्ति जारी गरी वर्तमानमा धमिलो पानीमा माछा मार्ने गरी भइरहेको प्रयासप्रति सचेत रहन आग्रह गरेका हुन् । 

उनीहरुको विज्ञप्तिमा जेनजीले आव्हान गरेको आन्दोलनका क्रममा मृत्युवरण गरेकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरुको स्वास्थ्य लाभको कामना गरिएको छ । जेनजीले उठाएका विभिन्न प्रकारका विकृति र विसंगति विरुद्धका कुरामा ऐक्यवद्धता जनाउँदै प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि अवान्छित थत्तवले विध्वंश, आगजनी, तोडफोड र लुटपाट मच्चाउने क्रम जारी रहेकोमा आपत्ति जनाइएको छ । यस्ता घटनाको उनीहरुले भत्र्सना गरेका छन् । 

देशको त्यत्रो राष्ट्रिय सम्पत्ति तहस नहस हुँदा पनि सुरक्षा निकाय मुकदर्शक बनेकोमा आफूहरुलाई आश्चर्य लागेको भनाइ संगठनहरुको रहेको छ । अहिलेसम्मको आन्दोलनको उपलब्धिका साथै जेनजीको आन्दोलनबाट प्राप्त उपलब्धिको समेत रक्षा गर्दै अहिलेको संकट समाधानमा लाग्न सबै समक्ष संगठनहरुले आग्रह गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्