sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

वर्तमान संकटमा राष्ट्रपतिको विज्ञप्ति, संवैधानिक दायरामै रहेर देशलाई निकास दिने प्रयास छ

२६ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । सोमबार र मंगलबारको जेनजी पुस्ताको हिंसात्मक र अराजक प्रदर्शनपछि भूमिगतको अवस्थामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञप्ति सार्वजनिक गरेका छन् । मुलुकको वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिलका साथ राष्ट्रपति पौडेलको विज्ञप्ति सार्वजनिक भएको हो । 

विज्ञप्तिमार्फत राष्ट्रपति पौडेलले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका छन् । मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको उनको विज्ञप्तिमा उल्लेख छ । 

आन्दोलनरत नागरिकहरूको मागलाई सम्बोधन गर्नका लागि छिटोभन्दा छिटो समस्याको समाधान खोजिने कुरामा विश्वस्त रहन पनि राष्ट्रपति पौडेलले सबैलाई आग्रह गरेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्