नेपालको राजनीतिक अस्थिरता र आन्दोलनबारे चीनकाे चासाे
काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालमा उत्पन्न राजनीतिक अस्थिरता र आन्दोलनप्रति चीनको धारणा सार्वजनिक गरेका छन् ।
बुधबार आयोजित एक पत्रकार सम्मेलनमा उनले नेपालका सबै पक्षले आफ्ना आन्तरिक समस्याहरूलाई उचित रूपमा सम्बोधन गरी छिट्टै सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता कायम गर्ने आशा व्यक्त गरेका हुन् ।
प्रवक्ता लिनले चीन र नेपाल परम्परागत रूपमा मित्रता छिमेकी राष्ट्र भएको बताए । उनले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई पनि सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

.gif)