sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

सामाजिक सञ्जालमा माफी माग्दै आए गगन थापा, एक पटक मात्र कुरा सुनिदिन आग्रह

२६ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा आएर माफी मागेका छन् । गएको सोमबार र मंगलबार जेनजीका नाममा भएको विध्वंसात्मक प्रदर्शनपछि निम्तिएको राष्ट्रिय संकटको पृष्ठभूमिमा महामन्त्री थापाले आज सामाजिक सञ्जालमा लाइभ आएर आफ्नो धारण राखेका हुन् । 

भिडियो लाइभमा उनले २०६० को दशकमा आफु पनि अहिलेका जेन्जी पुस्ता जस्तै तातो जोशमा हिड्ने अवस्थाको भएको स्मरण गराएका छन् । अहिलेको जेनेरेसनको फ्रस्टेसनको कारण आफूले बुझेको उनले बताएका छन् । आफूले युवा जमातको आसा र भरोसा पुरा गर्ने गरी काम गर्न नसकेकोमा माफी मागेका छन् । 

भदौ २३ गतेको आन्दोलनको क्रममा सरकारको तर्फबाट भएको दमनलाई उनले अपराध भनेका छन् । आफू सरकारमा सहभागी नभएता पनि गोली चलाएर सरकारले ठूलो अपराध गरेको उनको भनाइ रहेको छ । जेनजीको प्रदर्शनमा घुसपैठ हुने कुरा आफूहरुलाई पहिले नै थाहा भएको र सचेत गराउने प्रयास पनि गरिएको भिडियो सन्देशमा उनले बताएका छन् । भदौ २३ गतेको घटनापछि आफूले गृहमन्त्रीलाई तत्काल राजीनामा गर्न भनेको, अर्का महामन्त्री र सभापतिलाई समेत पार्टीले सरकारबाट बाहिर निस्किन दबाब दिएको त्यही पनि कसैले नसुनेको गुनासो गरेका छन् । 

भदौ २४ गते आफ्नो घर जलाउन आउनेहरुको भिडमा रहेकाहरुमा कोही नयाँ त कोही पुरानो पार्टीका अनुहार स्पष्ट चिनेको बताएका छन् । 

महामन्त्री थापाले अहिले चलेको आन्दोलनको सफलतालाई जोगाउनको लागि लक्ष्य प्राप्तिलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । तीन दलका तीन बुढा नेताहरुलाई हटाउनुपर्छ भनेर अगाडि बढाएको आन्दोलनको सफलतामा नेतृत्वको जिम्मेवारी आफ्नो जेनेरेशनलाई दिन आग्रह गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्