sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति सहमहामन्त्री उपाध्यायको आपत्ति

२६ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले सभापति शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति गम्भीर आपत्ति जनाएकी छन् । 

 उनले बुधबार सामाजिक संन्जालमा स्वतन्त्रता र जनअधिकारको रक्षा गर्न जेलनेल सहेर संघर्ष गरेका देउवामाथि गरेको अमानवीय व्यवहारप्रति आपत्ति जनाएकी हुन् । 

उनले भनीन् 'स्वतन्त्रता र जनअधिकारको रक्षा गर्न जेलनेल सहेर संघर्ष गरेका सम्माननीय शेरबहादुर देउवामाथि गरिएको अमानवीय व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै म यसको कडा भर्त्सना गर्दछु ।'

नेत्री उपाध्यायले बुधबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी भएकामाथि गरिएको गोली प्रहारप्रति गहिरो दुःख व्यक्त गर्दै, वीरगति प्राप्त शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् । 

उनले शहीदहरूले देखाएको सपनाअनुसार भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्न सम्पूर्ण नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिएकी हुन् ।  उपाध्यायले हालै देशमा घटिरहेका घटनाहरूले सम्पूर्ण नेपालीलाई आत्मसमिक्षा गर्न बाध्य पारेको उल्लेख गरेकी छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्