sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

जेनजीको आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु खुसीको कुरा भएको बाबुराम भट्टराईको भनाई

२६ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले जेनजीको आन्दोलन शान्तिपूर्ण अवतरणको दिशामा उन्मुख हुनु खुसीको कुरा भएको बताए । 

उनले केही स्वघोषित बुझक्कड, दुराशयप्रेरित तत्वहरू वा अल्पज्ञानी जनसाधारणले भन्न खोजे झैँ देश संविधानविहीन, राज्यविहीन शून्यताको अवस्थामा नपुगेको उनको भनाइ छ ।

ुसरकारले राजीनामा गरे पनि लोकतन्त्रका आधारभूत अङ्गहरू संविधान, संसद, राष्ट्राध्यक्ष (राष्ट्रपति–उपराष्ट्रपति), राज्यका स्थायी अङ्गहरू यथावत् कायम छन्। तिनमा टेकेर नै अघि बढ्न नयाँ नेपालका अगुवा जेन जी चुक्नुहुन्न । नत्र भुईँको टिप्न खोज्दा पोल्टाको खस्ने खतरा हुन्छु, उनले भने । 

भट्टराईले थप भने,'अहिले तत्कालको सबभन्दा जरुरी विषय आन्दोलनमा उठेका मागहरूको सम्बोधन र छिटो नयाँ आमचुनावको निम्ति आन्दोलनकारीहरू समेतको सिफारिस र सहभागितामा अन्तरिम सरकारको गठन  हो। यो कुरा विद्यमान संविधानमा टेकेर नै गर्नुपर्छ। अन्यथा ठुलो अनिष्ट हुनसक्छ ।' 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्