sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

'स्वार्थ समूहको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो'

२६ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लिएको बताएका छन् । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले जेन जी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चाएको आरोप लगाएका हुन् ।

केपी ओली नेतृत्वमा सरकार गठनपछि विश्वासको मत लिने क्रममा आफूले संसद्को रोष्टमबाट गठबन्धनको सरकार जुन उदेश्यले बनाइयो, सरकारकै कारण अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको प्रचण्डले स्मरण गराएका छन् । 

सरकारलाई सदन र सार्वजनिक कार्यक्रमहरूमा लगातार कठोर आत्मसमीक्षासहित सच्चिन बारम्बार आग्रह गरे पनि कुशासनका शृङ्खला जारी नै रहेको कारण जनतामा वितृष्णा फैलिएको उनको आरोप छ ।  

1

2

3

4

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्