sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

राष्ट्र हितका लागि काम गर्न तयार छु : सुशीला कार्की

२६ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् । नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उनले बताएकी हुन् ।

सन् १९७५ मा भारतको वाराणसी हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तरसमेत गरेकी कार्कीले भारतीयहरुसँग आत्मीय सम्बन्ध रहेको समेत बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै उनले भारतीय नेताहरूबाट आफू धेरै प्रभावित भएको पनि बताएकी छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले गरेको प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको ज्यान गएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की समेत सडकमा उत्रिएकी थिइन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्