sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

जेनजी पुस्ता आफैै एजेण्डा विहीन देखियो, नेतृत्व र प्रतिनिधित्वमा हानथाप

२५ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । देशमा सुशासन कायम हुनुपर्ने भन्दै आन्दोलनमा होमिएको जेनजी पुस्ता आफैं एजेण्डाबिहीन देखिएको छ । भदौ २३ गतेको प्रदर्शको क्रममा राज्यको तर्फबाट सुरक्षा निकायको गोली लागेर १९ जना युवाको निधन भएपछि आक्रोशित बनेर देशव्यापी हिंसात्मक प्रदर्शन गरेर सरकार ढाल्दै व्यवस्थालाई र्नै अन्योलमा पारेको यो पुस्ता नेपाली सेनाको मुख्यालमा एजेण्डाबिहीन अवस्थामा वार्तामा गएको स्पष्ट भएको हो । 

मंगलबार देशका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका नै ध्वस्त बनाएको यो पुस्ताले तत्काल राजनीतिक निकास निकाल्छ भन्ने आम अपेक्षा रहेकोमा त्यसो हुन सक्ने अवस्था बन्न सकिरहेको छैन । मंगलबार राति नै नेपाली सेनाको रोहबरमा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्ने चर्चा चलेको थियो । जेनजी पुस्तासँग वार्ता गर्न र आवश्यक समन्वय गर्न आफूहरु तयार रहेको जानकारी नेपाली सेनाले दिएको छ । यद्यपी, जेनजी पुस्ताको हजारौंको संख्याको समूह रहेको र भर्चुल वार्ता गरेर सहमति गर्नु पर्ने भएकोले ढिलो हुन पुगेको दाबी जेनजीहरुको छ । 

जेनजी पुस्ताका प्रतिनिधिहरुले आफूहरु एजेण्डा तयार गर्दै रहेको र आफूहरुको मार्गचित्रमा राजनीतिक दललाई संलग्न नगर्ने भनेको भएता पनि उनीहरुको समूहमा ठूलो आन्तरिक द्वन्द पर्नसक्ने सम्भावना रहेको देखिएको छ । जेनजी पुस्ता आर्फैंमा दलबिहीन नभएको संकेत आजको प्रतिक्षाले देखाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई जेनजी प्रतिनिधि छान्ने जिम्मा दिएको दाबी गर्दै सामाजिक सञ्जालमा लेखेका छन् । कार्कीले प्रतिनिधिमा नाम समावेश गरेकी रक्षा बमले सामाजिक सञ्जाल फेसबुकमा चर्को असन्तुष्टि पोखेकी छिन् । उनले पटक–पटक लेखेको फेसबुक स्टाटसमा नेपाली सेनाले आफूह्रुलाई झुक्याएको उल्लेख गरेकी हुन् । 

उनले एउटा स्टाटसमा लेखेकी छिन् – म आजको छलफलबाट बाहिर निस्किसकें है । हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ ।’

त्यसैगरी, त्यसको केही बेरमै उनले अर्को स्टाटस लेखेकी छिन् । 

उनको भनाइ रहेको छ र्– हामी न हिजो वार्तामा थियौँ, न आज छौँ। हिजो पनि हामी कुनै मागहरू लिएर आर्मी चिफलाई भेट्न गएका थिएनौं।हिजो हाम्रो स्पष्ट भनाइ यही थियो – हामीलाई हाम्रो मागहरू तयार गर्न समय चाहिन्छ ।

हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण जेन–जेड प्रदर्शनकारीका प्रतिनिधिहरू मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ, हामी सबै एकै ठाउमा आएर आफ्नो माग राख्नेछौ, सबै संग सम्पर्क गर्नेछौं र केही दिनभित्र राष्ट्रपति सहित आर्मी चिफ समक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ भन्ने सहमतिसहित मात्र हामी बाहिरिएका थियौँ । जेन जीका मागहरू, राज्यको आगामी बाटो जेन जी ले तय गर्नुपर्छ भन्ने हाम्रो मुख्य अडान थियो । 
आज पनि हामी नेपाली सेनाको मुख्यालयमा अन्य जेन–जेड समूहसँग छलफल गर्न गएका थियौँ । तर आन्दोलनको बेसिक नर्मस् विरूद्ध छलफल अघि बढाईन थालेपछि म र केही साथीहरू तत्काल बाहिरियौँ । 
जेन जी आन्दोलनको कुनै लिडर छैन यो हामी सबैलाई थाहभएकै कुरा हो । यो आन्दोलनलाई विभिन्न जेन जी कै समुहले लिड गरेको हो । तसर्थ अहिले वार्तामा रहेका जेन–जेड साथीहरूको धारणा वा अडानबारे म पूर्ण रूपमा अनविज्ञ छु ।’

रक्षा बमले आफूहरुलाई सेनाले बोलाएर राष्ट्रिय स्वतन्त्र पार्टी र मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पनि छलफल गर्नुपर्ने बताएको खुलाएकी छिन् । त्यसी रास्वपा र प्रसाईंसँग पनि वार्ता गर्न लाग्दा आफूहरुको लक्ष्य र बलिदान गुम्ने उनको दाबी रहेको छ । 

उनी अगाडि लेख्छिन् – ‘राष्ट्रपतिसंग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसंग वार्तामा बस्नुस् , उहाहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनेसकेपछि, जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन जी समुहसंग छलफलका निम्ती तयारी गरिरहेका छौं ।’

जेनजीहरुलाई परिचालित भन्नेहरुलाई उनको फेसबुक स्टाटस र भइरहेको अबेरले प्रमाणित गर्ने होकि भन्ने चिन्ता बढाएको छ । देश नै सरका बिहीन बनेको बेलामा नीति आन्दोलनको आगो बाल्नेहरु नै एजेण्डाबिहीन बन्दा अरु अन्योल बढेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्