sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

केन्द्रीय कारागारबाट ३३ सय कैदी फरार, टोपबहादुर रायमाझी पनि भागे

२५ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सुन्धारा स्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी भागेका छन् । मंगलबार राति नख्खु कारागारबाट त्यहाँ पुगेकाहरूले निस्किन आग्रह गरेपछि उनीहरू कारागार बाहिर निस्किएका हुन् । नेकपा (एमाले) का निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्व गृह सचिव टेक नारायण पाण्डे पनि निस्किएका छन् ।

सुन्धारामा ३ हजार ८ सय भन्दा बढी कैदीबन्दी छन् । भागेका १ सय जना महिला कैदीबन्दी बुधबार फर्केका छन् । कारागार स्रोतका अनुसार त्यहाँ ४५० जना महिला कैदीबन्दी थिए । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागी थुनामा रहेका पूर्व गृह सचिव टेक नारायण पाण्डेले आगजनी हुने सूचना आएपछि निस्केको भन्दै आफू फर्किन तयार रहेको कारागार प्रशासनलाई जानकारी गराएका छन् । 

शरणार्थी प्रकरणमै थुनामा रहेका रायमाझी भने कारागार प्रशासनको सम्पर्कमा आएका छैनन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्