कार्यालय सञ्चालनमा सहजीकरण गरिदिन विद्युत् प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कार्यालय सञ्चालनमा सहजीकरण गरिदिन आग्रह गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले विषम परिस्थितिका कारण काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा विद्युत् संरचनामा क्षति पुगेको र क्षतिग्रस्त संरचनाको मर्मत गर्न कठिनाई भएको भन्दै मर्मतको सहजीकरणका लागि आग्रह गरेको हो ।
प्राधिकरणले कुनै क्षेत्रमा विद्युत आपूर्ति अनियमित भएमा चौबीसै घण्टा सञ्चालनमा रहने नेपाल विद्युत प्राधिकरणको हटलाइन ११५० मा सम्पर्क गर्न वा नजिकको नोलाइट सेवामा जानकारी गराउन समेत अनुरोध गरेको छ ।

.gif)