sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

कांग्रेस सभापति शेरबहादुर देउवाको बारेमा फैलियो अफवाह, सुरक्षित रहेको पुष्टि

२५ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । मंगलबार जेनजी पुस्ताका प्रदर्शनकारीहरुको आक्रमणमा परेर घाइते बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका बारेमा सामाजिक सञ्जालमा फैलाइएको हल्ला सत्य नभएको पुष्टि भएको छ । सामाजिक सञ्जालहरुमा सभापति देउवाको ‘निधन’ भन्दै हल्ला फैलिएकोमा उक्त हल्ला सत्य नभएको पुष्टि भएको हो ? 

विश्वस्त श्रोतले सेभेन स्टार फोरके टेलिभिजनलाई दिएको जानकारी अनुसार मंगलबार घाइते बनेका देउवा तथा उनकी पत्नी आरजु राणा देउवाले स्वास्थ्य लाभ गरिरहेका छन् । टाउकोसहित शरीरमा केही चोट लागेकोमा दुवैजना हाल उपचारारत रहेका छन् । 

सोमबारदेखि आन्दोलनमा रहेका जेनजी पुस्ताका प्रदर्शनकारीहरुले मंगलबार देउवाको निवासमा पसेर आगजनी गरेका थिए । निवासमा आगजनी गर्दै उनीहरुले देउवा दम्पत्तीलाई आक्रमण गरेका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्