sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

बिहानैदेखि सडकमा सेना परिचालन, अत्यावश्यक बाहेकका काममा ननिस्किन आव्हान

२५ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । प्रदर्शनका कारण अत्यन्त अशान्त बनेको काठमाडौं सहित देशभरका सडकमा नेपाली सेना परिचालन गरिएको छ । नेपाली सेनाले हिजो राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको हो ।

जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको छ । काठमाडौँका विभिन्न स्थानबाट अराजक गतिविधि गरेका केही युवाहरूलाई पक्राउ गरेको छ भने देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि आग्रह गरिरहेको छ ।

आज बिहानैदेखि सडकमा सेनाले जनताको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सबैलाई माइकिङ गर्दै आग्रह गरिरहेको हो ।

कसैले क्षति पुर्‍याइरहेको थाहा पाए सेनालाई सूचना दिन पनि आग्रह नेपाली सेनाले गरिरहेको छ ।

जेनजीले पनि आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको पारिसकेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्