मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सिके राउतको निर्देशन
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिने भएका छन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको निर्देशनसँगै मुख्यमन्त्री सिंहले पदबाट राजीनामा दिने भएका हुन् ।
सिंह वर्तमान सत्ता गठबन्धनको समर्थनमा जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए ।
जेनजी पुस्ताको आन्दोलनमा दमन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दलका नेताहरु आलोचित छन् । सत्ताको सझोदार रहेको देशको प्रमुख दल नेपाली कांग्रेसका मन्त्रीहरुले पनि पदबाट राजीनामा दिइरहेका छन् ।

.gif)