sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

युवा तथा खेलकुदमन्त्री चौधरीले पनि दिए राजीनामा

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि पदबाट राजीनामा दिएका छन् । कृषि शहकारी तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीपछि अर्का मन्त्रीले पनि राजीनामा दिएका हुन् । 

नेपाली कांग्रेसमा डा शेखर कोइराला समूहका मन्त्रीले पदबाट राजीनामा दिन थालेका हुन् ।  यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए । 

चीन भ्रमणमा रहेका नेता कोइरालाले आफूनिकटका मन्त्रीहरूलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । त्यसलगत्तै उनीनिकट मन्त्रीहरूले राजीनामाबारे छलफल गरेका थिए । 

छलफलमा पर्यटनमन्त्री बद्री पाण्डेले भने राजीनामाको विषयमा पार्टीले नै निर्णय गरे हुन्थ्यो भन्ने प्रस्ताव गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने तयारी गरेको बुझिएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्