आफू पक्षका मन्त्रीहरुलाई राजीनामा दिन शेखर कोइरालाको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफू पक्षका मन्त्रीह्रुलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन् । कांग्रेस पार्टीमा इतर समूहको नेतृत्व गरिरहेको डा. कोइरालाले आफ्नो समूहबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई राजीनामा दिन निर्देशन दिएका हुन् ।
कोइराला समूहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी मन्त्री छन् ।

.gif)