sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

विपक्षी दलहरूको बैठक सम्पन्न, प्रधानमन्त्रीको राजीनामा माग

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ । बैठकले जेनजी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । 

प्रतिपक्षी दलको बैठकपछि माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले भने'सरकारले युवाहरूको आक्रोशलाई बुझ्न सकेन, सम्बोधन गर्न चाहेन, जसको परिणाम यो भएको हो । उनीहरूको माग जायज छ, प्रतिपक्षीको तर्फबाट संवाद गरेर निकास दिन प्रतिबद्ध छौँ ।'

युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्नु बेठिक हुने उनले बताए ।  सरकारबाटै ठुलो नरसंहार भएको छ । आयोग गठन गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि बैठकले माग गरेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्