sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा रास्वपा सहभागी नहुने

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेको विपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ । प्रचण्डले माओवादीको संसदीय दलको  कार्यालय सिंहदरबारमा बिहान ८:३० बजे बस्ने गरी विपक्षी दलको बैठक आह्वान गरेका हुन् । 

हालको असामान्य अवस्थामा रास्वपाको प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु रहेको प्रवक्ता मनिष झाले जानकारी गराए । ‘यो बेला उपचाररत घाइतेहरुको सहयोगका लागि खट्नुपर्नेछ । पार्टी भित्रैपनि छलफल गर्नुछ । यो बेला हाम्रो प्राथमिकता प्रचण्डले बोलाएको बैठकमा परेको छैन ।’

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्