sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

'हिंसात्मक घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ'

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको प्रदर्शनमा भएको हिंसात्मक घटनाको सबै जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् ।

सोमबार विज्ञप्ति निकालेर थापाले गृहमन्त्रीले राजीनामा दिएर मात्र नपुग्‍ने भन्‍दै प्रधानमन्त्री  केपी शर्मा ओलीले जिम्मा लिनुपर्ने बताएका हुन् । ‘कुनै पनि कोणबाट सरकारको यो शैली जायज हुन सक्दैन । सरकारको असंवेदनशीलता कै कारण आज अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदय विदारक घटनाले स्तब्ध बनाएको छ’, उनले भनेका छन् ।

थापाले जेनजीले उठाएका मुद्दा आम सरोकारका विषय भएको भन्‍दै उनले  मुख्य विषय सुशासन, भ्रष्टाचारको छानबिन गरी कारबाही हुनुपर्ने बताएका छन् ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्