sevenstartv.com २७ मंसिर २०८२, शनिवार

प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

१८ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन् । गत शनिबार चीन भ्रममा गएका ओली बुधबार स्वदेश प्रस्थान गरेका हुन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ,उपराष्ट्रपति हान चङ्ग,रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग भेटवार्ता गरेका थिए ।  एससिओ शिखर सम्मेलनका दौरान ओलीले विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरेका थिए । 

भेटवार्तामा नेपाल र ती मुलुकबिचमा द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल भएको बताइएको छ । शाङ्घाई सहयोग सङ्गठन ९एससीओ० को शिखर सम्मेलनमा भाग लिन उनी चीन प्रस्थान गरेका थिए । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्