अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरेको रास्वपाका सांसद ढकालकाे आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद ढकालले अख्तियारलाई दलीयकरण गरेर सत्तारुढ दलहरूले सेपमा राखिरहेको आरोप लगाएका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा आफूहरू ९५ दिनदेखि सदनमा आन्दोलित भए पनि सत्ता पक्षले नसुनेको बताए । सत्ता पक्षले आफूहरूले सदनमा बोलेको दुई मिनेट समयको विषयलाई बंग्याउन घण्टौ समय खर्चिइरहेका आरोप लगाए ।
विरोधको आवाजलाई बन्देज गरेर लोकतन्त्र नबच्ने ढकालले बताएका छन् । उनले दलीयकरणका कारणले लोकतन्त्रमाथि छाँया परेको आरोप लगाउँदै ०८४ मा आम नागरिकले यो शैलीको हेक्का राखेको बताए ।

.gif)