sevenstartv.com ३ पुष २०८२, बिहिवार

नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

१३ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

शुक्रबार मध्यान्ह बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो वरीयतामा रहेका अतिरिक्त महानिरीक्षक ९एआईजी० खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा अगामी भदौ १८ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।  खापुङलाई नयाँ आईजीपी बनाइएको हो । नवनियुक्त आईजीपी खापुङले अगामी भदौ १९ गतेदेखि कार्यभार सम्हाल्ने छन् । खापुङको कार्यकाल अहिलेसम्कै छोटो रहनेछ । प्रहरी नियमावलीअनुसार उनी २६ कात्तिकमा अवकाशमा जानेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन् । चीन जानुअघि नै नयाँ आईजीपीमा खापुङलाई नियुक्त गरिएको हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्