sevenstartv.com ४ पुष २०८२, शुक्रवार

प्रधानमन्त्री ओलीले गरे काठमाडौंका अगुवा कार्यकर्तासँग छलफल

१२ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका अगुवा कार्यकर्तासँगको भेट गरी लामो छलफल गर्रेका छन् । भेटका क्रममा पार्टी फुटाउने प्रवृत्ति, सुगठनविरुद्ध भ्रम फैलाउने गतिविधि र आन्दोलन विरोधीलाई सहयोग गर्ने प्रयासका विरुद्ध कठोर हुने बताएका हुन्  । उनले विगतदेखि वर्तमानसम्मका अनुभवहरू कार्यकर्तालाई सुनाउँदै पार्टीलाई अझ सुदृढ बनाउन सबै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । 

भेटमा ओलीले २०५४ मा तत्कालीन नेता बामदेव गौतमले पार्टी फुटाएको घटनाले एमालेलाई गम्भीर सङ्कटमा पुर्‍याएको स्मरण गराए । अहिले पनि कतिपय व्यक्तिहरू पार्टीभित्रै वा पार्टीसँग सम्बन्धित भएर विभिन्न असम्भव क्रियाकलाप गरिरहेको उनले बताए। ओलीले सदस्यता विवादसम्बन्धी उठेका प्रश्नलाई पनि सम्बोधन गरेका छन् । उनले कार्यकर्तालाई पनि भ्रममा नपर्न आग्रह गरे । 

ओलीले विद्यादेवी भण्डारीसँग जोडिएका विवाद र जबज विचारप्रति उठेका प्रश्नको स्पष्ट जवाफ दिएका छन् । उनले भने, ‘जबज परिवारको सम्पत्ति होइन, जबजलाई कुनै व्यक्तिले आफ्नो सम्पत्ति भनेर प्रस्तुत गर्न मिल्दैन, जबज इतिहास हो, नीति हो, यसलाई फाउण्डेशनले मात्र बचाउँछ भन्ने सोच गलत हो, जबजलाई पार्टीले, आन्दोलनले बचाउँछ ।’

उनले  पुर्वराष्ट्रपति देशको अभिभावक भएकोले सबैले सम्मान गर्नु पर्ने बताए । ओलीले पछिल्लो समयमा आफूमाथि गरिएको व्यक्तिगत आक्षेपबारे पनि असन्तोष पोखेका छन्। ईश्वर पोखरेलजस्ता नेतासमेत बाटो बिराएर हिँडेका भन्दै उनले असन्तुष्टि व्यक्त गरे  । आलीले आफ्नो राजनीतिक यात्रामा सहयोग गरेका व्यक्तिहरूको प्रसङ्गसमेत स्मरण गरे। उनले आफू एक्लै अहिलेको ठाउँमा नआइपुगेको बताए । 

उनले विद्यादेवी भण्डारीको सम्भावित अध्यक्षताको चर्चा निराधार रहेको बताएका छन् । राष्ट्रियता विषयमा आफ्नो दृष्टिकोण स्पष्ट पार्दै राष्ट्रयतालाई राजनीतिको विषय बनाउनु नहुने बताएका हुन् । उनले रवि लामिछानेलाई आफूले राजनीतिक रूपमा उदाएका दिनदेखि साथ दिएको बताए । अहिले लामिछाने आफ्नै कर्मले जेले पुगेका उनले स्पष्ट पारेका छन् । 

राजेन्द्र लिङ्देनलाई झापामा जिताउन एमालेले सहयोग गरेको उदाहरण दिँदै  उनले अन्य दलहरूसँगको व्यवहारिक सम्बन्धबारे कार्यकर्तालाई सम्झाए । उनले लिङ्देनलाई अब झापामा चुनाव जितेर देखाउन पनि चुनौती दिएका छन् ।  विचारलाई व्यक्तिगत वा पारिवारिक सम्पत्ति नठान्न ओलीले आग्रह गरेका छन् । ओलीले कार्यकाल र उमेरबारे उठेका प्रश्नलाई पनि सम्बोधन गरे । ओलीले आफ्ना राजनीतिक अनुभव र भविष्यप्रतिको दृष्टिकोण पनि प्रस्तुत पारे । ओलीले व्यक्ति होइन, आन्दोलन ठुलो भएको स्पष्ट पारेका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्