विद्या भण्डारीमा एमालेको अध्यक्ष बन्ने योग्यता पुग्दैनः ओली
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पार्टीको अध्यक्ष बन्ने योग्यता नभएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विधान अधिवेशनका प्रतिनिधिहरुलाई प्रशिक्षण दिने क्रममा ओलीले यस्तो बताएका हुन् ।
ओलीले विधान प्रतिनिधिहरुलाई बालुवाटारमा बोलाएर करिब तीन घण्टा प्रशिक्षण दिएका थिए । सो क्रममा ओलीले अधिकांश समय पूर्वराष्ट्रपति भण्डारीको आलोचनामा खर्चिएका थिए ।
प्रधानमन्त्री ओलीले भने – ‘च्यासलले सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन । पार्टीमा निवेदन दिनु भएको छैन । प्रकृया मिलेन । सदस्यता नवीकरण हुँदैन, पार्टीले निर्णय गर्नुपर्छ ।’
ओलीले भण्डारीलाई राजनीतिमा नआउन पुनः सुझाव दिए । ओलीले भण्डारीले आफूलाई सहयोग गर्न भन्दै तपाईं पार्टी चलाउन सक्नुहुन्न भनेको सुनाए ।
ओलीले नेकपा एमालेमा आएर अध्यक्ष हुन सम्भव नरहेको बताए ।

.gif)