पार्टीको पक्षमा दृढता साथ बोल्न नेता कार्यकर्ताहरूलाई माधव नेपालकाे निर्देशन
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीकार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीभित्रमात्र नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरूको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गरे ।
राजनीतिक संकट र चुनौतीहरूको सामना गर्नको लागि पार्टीका प्रत्येक नेताहरूले सार्वजनिक कार्यक्रमहरूबाट आम नागरिक र कार्यकर्तामा सकारात्मकसन्देश दिनुपर्नेमा उनको जोड छ। उनले पार्टीका आन्तरिक समस्याका विषयहरूलाई पार्टी कमिटीमा राखेर यथार्थतामा अघि बढ्नुपर्ने बताए ।
उनले पार्टी संगठन निर्माणलाई तिव्रता दिनका निम्ति जिम्मेवारी पाएका नेताहरूको कार्यसम्पादनकोप्र भावकारी अनुगमन आवश्यक रहेको पनि बताएका छन् ।पार्टीको पक्षमा दृढता साथ बोल्न नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिए।

.gif)