sevenstartv.com २१ मंसिर २०८२, आइतवार

विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञचालकहरुले आज देशभर प्रदर्शन गर्ने

९ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले आज देशभर प्रदर्शन गर्ने भएका छन् । विधेयकको विरोधमा आन्दोलन घोषणा गरेका उनीहरूले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा तथा सात वटै प्रदेशसभा घेराउको कार्यक्रम तय गरेका हुन् । 

बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रतिनिधिसभा घेर्न जाने तयारी रहेको प्याब्सनले जानकारी दिएको छ । यस्तै बिहान ११ बजे नै सातै प्रदेशका प्रदेशसभा भवन अगाडि धर्ना दिने कार्यक्रम रहेको बताइएको छ । 

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधान सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालक दोस्रो चरणको आन्दोलनमा जान लागेका छन् । निजी विद्यालयहरुका संस्थाहरु प्याब्सन, एन प्याब्सन, हिसान, अपेन लगायतका संस्था आन्दोलनमा होमिएका हुन् । निजी विद्यालयलाई गैरनाफामूलक संस्था बनाउँदै लैजाने, पूर्ण छात्रवृत्ति लगायतका व्यवस्थाको विरोधमा निजी विद्यालय आन्दोलित बनेका हुन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्