विपिनकाे परिवारद्वारा परराष्ट्रमन्त्री डा. राणालाई धन्यवाद, आगामी दिनमा थप पहल गर्न अनुराेध
काठमाडौं । विपिन जोशीको रिहाइका लागि पहल जारी राखेकाेमा विपिनकाे परिवारले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई धन्यवाद दिएका छन् । आज परराष्ट्र मन्त्रालयमा भेटगर्दै मन्त्री डा. राणालाइ उनीहरुले आगामी दिनमा थप पहल गर्न अनुराेध पनि गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गरे । मन्त्री डा. राणाको पहल एवं नेपालस्थित इजरायली राजदूताबासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र उनको रिहाइका लागि अपिल गर्न हालै इजरायल गएका थिए ।
इजरायलबाट फर्केपछि आज उनहरुले मन्त्री डा राणालाई भेटेर यसबारेमा जानकारी गराए । उनीहरुले आफूहरु इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्रा डा. धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरुले सहयोग गरेको र त्यहाँ राष्ट्रपतिदेखि उच्च सरकारी अधिकारीहरुसँग भेटेर विपिनको रिहाइका लागि अपिल गर्न पाएको जानकारी दिए । त्यस अवसरमा मन्त्री डा. राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताए ।
मन्त्री डा. राणाले विपिन अपहरमा परेको करिब ९ महनिापछि आफू मन्त्रीमा नियुक्त भएको र त्यसलगत्तै आफूले सो मुद्धालाई प्राथमिकतामा राखेर काम सुरु गरेको जानकारी दिइन् । मन्त्री डा. राणाले आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेशमन्त्रीहरु एवं अधिकारीहरुसँगको भेट एवं फोनवार्ताका साथै संयुक्त राष्ट्रसङ्घदेखि अन्य अन्तर्राष्ट्रिय फोरमहरुमा पनि विपिन रिहाइको मुद्धालाई सशक्त रुपमा राख्दै आएको जानकारीलाई दिइन् ।
विपिन रिहाइको मुद्धालाई आगामी दिनमा सरकारले थप सशक्त रुपले अघि बढाउने जानकारी पनि दिइन् । सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन जोशी हमास समूहको अपहरणमा परेका थिए ।

.gif)