sevenstartv.com ४ पुष २०८२, शुक्रवार

द्वन्द्वको प्रकृति फरक हुने र समाधान खोज्नुपर्ने कुरामा गृहमन्त्री लेखककाे जोड

८ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौती विषयक उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । 

द्वन्द्वको रूप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ । उनले भने, ‘द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरी  कै हुन्छन् । सकारात्मक द्वन्द्वको व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउँछ । द्वन्द्व व्यवस्थापनमा, द्वन्द्वको पहिचान, समय र सम्झौता मुख्य कुरा हो ।’ 

देशमा उत्पन्न द्वन्द्व र अस्थिरताले धेरै संविधान बन्ने अवस्था सिर्जना हुने गरेको गृहमन्त्री लेखकले स्मरण गरे । वर्तमान संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व हुने गृहमन्त्री लेखकको भनाइ छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्