sevenstartv.com ४ पुष २०८२, शुक्रवार

भूमि विधेयकविरुद्ध जसपा नेपालले जनप्रदर्शन गर्ने

७ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । भूमि विधेयकका विरुद्धमा जनता समाजवादी पार्टी ९जसपा०, नेपालले सडक प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ । महासचिव लालबाबु राउतले प्रेस वक्तव्य जारी गरी ९ भदौदेखि देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन हुने जानकारी दिएका हुन् । 

५ भदौमा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट अगाडि बढेको विधेयकले जनतालाई भन्दा पनि भू-माफिया, जग्गा दलालको हित हुने र तराईरमधेश मरुभूमिकरण हुने जसपा नेपालले जनाएको छ ।

भूमि सम्बन्धी अध्यादेशमा आएकै व्यवस्था राखेर विधेयक बनाइएको भन्दै जसपा नेपालले विरोध जनाउँदै आएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्