sevenstartv.com ४ पुष २०८२, शुक्रवार

पूर्वराष्ट्रपति राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा होः महासचिव पोखरेल

७ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको बताएका छन् । प्रेस चौतारी ननेपाल, दाङले आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । 

पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किंदा गणतन्त्रप्रति अनास्था फैलिने खतरा बढ्ने जिकिर गरे । 

महासचिव पोखरेलले भने ‘पूर्वराष्ट्रपति संविधानको संरक्षक हो । सेनाको परामाधिपति भइसकेको व्यक्ति हो, उहाँ सक्रिय राजनीतिमा फर्किंदा गणतन्त्रप्रति नै अनास्था र अविश्वास पैदा गर्छ । यस्तो गल्ती पार्टीहरूले गर्न हुँदैन ।’

नेकपा (माओवादी केन्द्र)ले पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा फर्काएर गल्ती गरेको महासचिव पोखरेलको आरोप रहेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)बाट लोकतन्त्र सिक्नुपर्ने जिकिर गर्दै उनले माओवादीले पूर्वउपराष्ट्रपतिलाई राजनीतमा सक्रिय गराउने निर्णय सच्याउनु पर्ने बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्