sevenstartv.com ५ पुष २०८२, शनिवार

भियतनामका उपराष्ट्रपति भो थि आन सुआनले आजदेखि नेपालको भ्रमण गर्दै

७ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेकी हुन् । 

सुआन नेपाल आउने भएसँगै भियतनामका तर्फबाट हुने यो नै पहिलो उच्च्स्तरीय भ्रमण बन्न लागेको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उपराष्ट्रपति यादव रसमकक्षी सुआनबीच भदौ ८ गते काठमाडौंमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुनेछ । यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्