आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । पछिल्लो दुई दिनमै २ हजार ८०० ले घटेको सुनको मूल्य बिहीबार भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य १ हजार ३०० रुपैयाँले बढेको छ । मूल्य बढेसँगै आज सुनको मूल्य १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यही साउन २३ गते सुनको मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँ घटेर २ हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

.gif)