काठमाडौं । सरकारले बर्खे धानको समर्थन मूल्य बढाएको छ । गत बर्ष भन्दा मोटा धानमा ५३ रूपैयाँ र मध्यम धानमा प्रति क्विन्टल ४८ रूपैयाँ बढाइएको हो ।
मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि धानको न्यूनतम् समर्थन मूल्य तोक्ने निर्णय गरेको छ। जस अनुसार मोटा धानको प्रति क्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको प्रति क्विन्टल ३ हजार ६२८ रुपैयाँ ३३ पैसा न्यूनतम् समर्थन मूल्य रहनेछ ।
गत वर्ष मोटा धानको ३ हजार ४१० र मध्यम धानको ३ हजार ५८० रुपैयाँ तोकिएको थियो । आर्थिक वर्ष २०८०/८१ मोटा धान ३ हजार १९८ र मध्यम धान ३ हजार ३६२ रुपैयाँ थियो भने आव २०७९/८० मा मोटा धान २ हजार ९६७ र मध्यम धान ३ हजार १२८ रूपैयाँ प्रति क्विन्टल तोकिएको थियो ।
नेपालमा बर्खे र चैते धान गरी करिब साढे १४ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। तर वार्षिक ७० लाख मेट्रिक टन धानको माग रहेकोमा ५४ लाख टनको हाराहारीमा मात्र आन्तरिक उत्पादन रहेकोले बाँकी बाह्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ।

.gif)