sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नाडा अटो सो भदौ ३ गतेदेखि हुने, अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्ने

२१ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा नाडा अटो सो आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा नाडामा हुने अटो सो २०२५ को उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन् । 

एसोसिएसनकाअध्यक्ष करण चौधरीका अनुसार सोमा १९ वटा चारपाङ्ग्रेका ब्राण्ड, १३ वटा हल्का व्यावसायिक सवारी साधनका ब्राण्ड, ४ वटा दुईपाङ्ग्रे सवारी ब्राण्ड, ३५ कम्पनी ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्था सहभागी हुनेछन् ।

सोमा  चार पाङ्ग्रे, दुई पाङ्ग्रे, व्यावसायिक सवारी, अटो पार्ट्स, वित्तीय सेवा आदि टिकट प्रि-बुकिङ खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिने छ । यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटो सो हुने आयोजकले जानकारी दिएका छ।  सो एक लाखभन्दा बढीले अवलोकन गर्ने एसोसिएसनको अपेक्षा छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्