sevenstartv.com ४ पुष २०८२, शुक्रवार

लोडसेडिङको तालिका सार्वजनिक गर्ने चनौली वितरण केन्द्रका प्रमुखको सरुवा

२१ साउन २०८२, बुधवार स्टार संवाददाता

चितवन । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख रामकुमार श्रेष्ठको सरुवा भएको छ । गत साउन १० गते विद्युत आपूर्ति कट्टौती गर्ने एक दिने सूचना लोडसेडिङ कै झल्को दिने गरी प्रकाशन गरेका श्रेष्ठलाई प्राधिकरणले पूर्वी नवलपरासीको सदरमुकाम कावोसाती सरुवा गरिएको हो ।

प्राधिकरणले कर्मचारी सेवा सर्त विनियमावली २०७५ को विनियम ४९ को उपविनियम १ को खण्ड ग बमोजिम वितरण तथा ग्राहक सेवा निर्देशानालय अन्तर्गत कावासोती वितरण केन्द्रमा सरुवा गरेको जनाएको छ ।

चनौली वितरण केन्द्रमा माग अनुसारको विद्युत सप्लाई हुन नसकेको भनेर केन्द्र प्रमुख श्रेष्ठले लोडसेडिङ सम्झाउने गरी तालिका प्रकाशन गरेपछि प्राधिकरण आलोचित बनेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्