sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

यू–१६ युथ लिगमा आर्मीलाई हराउँदै मनाङ मस्यार्ङदी क्लब विजयी

७ साउन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । एन्फा  यू–१६ युथ लिगमा मनाङ मस्यार्ङदी  क्लब विजयी भएको छ । 

सातदोबाटोस्थित एन्फामा बुधबार भएको खेलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २ गोलले पराजित गर्दै सफलता हात पारेको हो । मनाङको तर्फबाट प्रकाश सिंह एक्लैले हानेको दुई गोल नै निर्णायक बन्यो । प्रकाशले दुवै गोल दोस्रो हाफमा प्रहार  गरेका हुन् । 

यो नतिजासँगै सात खेलमा १४ अंक जोडेको मनाङ चौथो स्थानमा उक्लिएको छ । १३औं स्थानमा रहेको आर्मीको समान खेलबाट तीन अंक छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्