सानिमा बैंक र दराजबीच ‘महाबचत बजार २०८२ योजना’ का लागि सहकार्य
काठमाडौं । सानिमा बैंकले ग्राहकका लागि दराजसँग महाबचत बजार २०८२ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजना २०८२ श्रावण २ देखि १५ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।छुटको विस्तृत विवरण बैंकको वेबसाइट www.sanimabank.com/digital-banking/offers मा उपलब्ध रहेको बैंकले जनाएको छ ।

.gif)